लेखापरीक्षण प्रतिवेदन नबुझाउने ११ वटा बिमा कम्पनी परे कारबाहीमा
- गाउँ सहर संवाददाता
- १७ माघ सोमबार, २०७८ | १७:४८:०० मा प्रकाशित
काठमाडाैं । लेखापरीक्षण प्रतिवेदन नबुझाउने विभिन्न ११ वटा बिमा कम्पनीहरूलाई बिमा समितिले कारबाही गरेकाे छ ।
समितिले बीमा ऐन २०४९ र बीमा नियमावली २०४९ बमोजिम तोकिएको समयसिमाभित्र बीमा समितिमा आर्थिक वर्ष २०७६/७७ मा आफुले गरेको बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण प्रतिवेदन नबुझाएको भन्दै ११ वटा कम्पनीहरुलाई १० हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको हो ।
बिमा समितिले दि ओरियन्टल इन्स्योरेन्स, नेसनल इन्स्योरेन्स, राष्ट्रिय बिमा कम्पनी, राष्ट्रिय बिमा संस्थान, नेपाल लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायवल नेपाल लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्सलाई कारबाही गरेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस