माघ २६ गतेदेखि खुल्ने इमर्जिङ नेपाल लिमिटेडको आईपीओमा कति कित्ता आवेदन दिने ?
- गाउँ सहर संवाददाता
- १८ माघ मंगलबार, २०७८ | १३:३९:०० मा प्रकाशित
काठमाडाैं । माघ २६ गते बुधबारदेखि इमर्जिङ नेपाल लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपिओ) जारी गर्ने भएको छ ।
कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ जारी गर्न लागेको हो ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडका अनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल निष्काशित आईपीओमध्ये ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता म्युचुअल फण्डका लागि र २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता संस्थाका कर्मचारीहरुका लागि र छुट्ट्याइएको छ । बाँकी ५ लाख १६ हजार ७०८ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन गर्न सक्नेछन् ।
सो आइपीओमा छिटोमा फागुन १ गते र ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले सिडिएस एण्ड क्लियरिङ्ग हाउसले विकास गरेको मेरो सेयर मोबाइल एप, वेवसाइट, नेपाल धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आईपीओ खरीका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले कम्पनीलाई इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
हाल कम्पनीको चुक्ता पूँजी ५० करोड ४० हजार रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ५५ करोड ५६ लाख रुपैयाँ पुग्नेछ ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । यद्यपी कम्पनीको सेयर खरीका लागि करिब २५ लाखको संख्यामा आवेदन पर्ने अनुमान गरिएको छ । तर धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम ५१ हजार ६७० जनाले मात्र गोलाप्रथाबाट सेयर पाउने भएकाले १० कित्ता आवेदन दिनु नै उपयुक्त देखिन्छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस