बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता
- गाउँ सहर संवाददाता
- १९ माघ बुधबार, २०७८ | १३:२५:०० मा प्रकाशित
काठमाडाैं । प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा र प्रचण्डबीच भेटवार्ता भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएकाे छ ।
सचिवालयका अनुसार उनीहरुबीच स्थानीय तहको निर्वाचन, एमसीसी लगायतका विषयमा छलफल भइरहेको छ । निर्वाचन आयोगले जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरेको छ ।
भेटवार्तामा गृहमन्त्री बालकृष्ण खाण र सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी छन् ।
स्थानीय तह चुनाव, एमसिसीलगायत विषयमा छलफल भएको स्रोतको बताएकाे छ ।
आयोगको सिफारिस अनुसार निर्वाचनको मिति तोक्ने प्रधानमन्त्रीको तयारी छ । अब बस्ने मन्त्रिपरिषद बैठकबाट निर्वाचनको मिति घोषणा गरिने छ । एमसीसीका विषयमा नेताहरू निकास खोज्न लागि परिरहेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस