करेन्ट लाग्दा एक जनाकाे मृत्यु, एक घाइते
- गाउँ सहर संवाददाता
- २० माघ बिहीबार, २०७८ | १६:०७:०० मा प्रकाशित
काठमाडाैं । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सुर्खेतमा करेन्ट लागेर एक जनाको मृत्यु भएको हाे ।
आज दिउँसो वीरेन्द्रनगर–११ धुलियाबीटमा स्थानीय २२ वर्षका भुवन बुढाको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।
घरमा जोडेको बिजुलीको तर बाँसमा राखेर अग्लो बनाउन खोज्दा करेन्ट लागेको प्रहरीले जनाएको छ । तार अग्लो बनाउन प्रयोग गरिएको बाँस खाडलमा राख्नेबेला फुत्किएर बिजुलीको नांगो तारमा खसेपछि बुढालाई करेन्ट लागेको हो।
‘बाटो बनाउन लागेको भएर तार अग्लो बनाउन खोजिएको रहेछ, तार राख्न भनेर बनाइएको बाँस खाल्डोमा हाल्दा फुत्किएर बिजुलीको मुख्य तारमा परेछ,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले भने,‘त्यही बाँसबाट करेन्ट लिक भएर मानिसलाई लागेछ।’
त्यही घटनामा परी स्थानीय २० वर्षका दुर्गा रोकाया घाइते भएका छन् ।
उनको वीरेन्द्रनगरस्थित देउती अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ । घाइतेको अवस्था सामान्य रहेकाे प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस