विद्यालयकाे नयाँ शैक्षिक सत्र वैशाखमा
- गाउँ सहर संवाददाता
- २२ माघ शनिबार, २०७८ | ०८:३९:०० मा प्रकाशित
काठमाडौं । विद्यालयतहको नयाँ शैक्षिक सत्र आगामी वैशाखदेखि सुरु हुने भएको छ ।
कोभिड–१९ को दोस्रो लहरका कारण चालू शैक्षिक सत्र गतअसार १ गतेदेखि सुरु भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्माले आगामी चैत/वैशाखमा कोभिड–१९ को असर बढे त्यसबेला कुनै निर्णय हुनसक्ने बताउँदै अहिलेसम्मको स्थितिअनुसार आगामी वैशाखबाट नयाँ शैक्षिक सत्र सुरु हुनेछ । “आगामी फागुन र चैतभरि पठनपाठनलाई निरन्तरता दिइनुपर्छ । त्यसो भएमा बाँकी कोर्स पनि पूरा हुनेछ” उनले भने, “आगामी वैशाखको पहिलो सातामा वार्षिक परीक्षा गर्ने र लगत्तै नतिजा सार्वजनिक गरी नयाँ शैक्षिक सत्र थाल्नुपर्छ ।”
उनले शैक्षिक सत्र सकिएपछि लामो बिदा दिने चलनलाई समय परिस्थितिअनुसार निरन्तरता दिनुपर्छ भन्ने छैन भन्दै थप्नुभयो, “चैत मसान्तसम्म विद्यार्थीलाई नअल्मल्याऔँ । पढ्न दिऊँ । छिटो विधिबाट सबै काम वैशाखमै सकौँ ।” विद्यालयहरूले औसतमा ५० देखि ६० प्रतिशतसम्म कोर्स सकेको अवस्था छ । अनलाइनमाध्यमबाट अध्यापन गर्नुपर्ने हुँदा विशेष गरी सामुदायिक विद्यालयका धेरै जसो विद्यार्थी पठनपाठनको पहुँचभन्दा टाढा छन् ।
नेपाल शिक्षक महासङ्घका अध्यक्ष कमला तुलाधरले आगामी चैतको अन्तिम सातासम्ममा बाँकी कोर्स सक्न समस्या नहुने बताए । “वार्षिक परीक्षा आगामी चैतको अन्तिम सातामा लिएर वैशाखको पहिलो साताबाट नयाँ शैक्षिक सत्र सुरु गर्न समस्या हुँदैन” –उनले भने ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस