स्वास्थ्य
काेराेना : काठमाडाैं उपत्यकामा पनि घट्न थाल्याे संक्रमित हुनेकाे संख्या
- गाउँ सहर संवाददाता
- २३ माघ आइतबार, २०७८ | १६:४६:०० मा प्रकाशित
काठमाडाैं । पछिल्ला दिनहरूका काेराेना संक्रमितकाे संख्या दिनहुँ घट्दै गइरहेकाे छ ।
यसै क्रममा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४१०, भक्तपुरमा ३२ र ललितपुरमा १२४ जना संक्रमित थपिएका हुन् ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर १३८६ जना संक्रमित थपिएका छन् भने ११ जनाले ज्यान गुमाएका छन् ।
आइतबार ८ हजार ७०४ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हाल देशभर ४५ हजार २४८ जना सक्रिय संक्रमित रहेका छन् ।
गत २४ घन्टामा ६ हजार ४४३ पीसीआर तथा २ हजार ८०८ एन्टिजेन परीक्षण भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस