प्रहरीद्वारा चन्द्रागिरिमा हिउँ खेल्न गएका पाँच जनाकाे मध्यरातमा उद्धार
- गाउँ सहर संवाददाता
- २४ माघ सोमबार, २०७८ | १२:२०:०० मा प्रकाशित
काठमाडाैं । हिउँ खेल्न गएका पाँच जना हराएपछि उद्धार गरिएको छ । चन्द्रागिरिमा हिउँ खेल्न गएका पाँच जना हराएपछि उद्धार गरिएको हाे ।
महानगरीय प्रहरी वृत्त थानकोटले हराइरहेका एकै परिवारका पाँच जनालाई गए राति उद्धार गरेको जानकारी दिएकाे छ ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ महादेवस्थानका उनीहरू आइतबार हिउँ खेल्न गएका थिए । बेलुकीसम्म पनि घर नफर्केपछि उनीहरूको खोजी गरिएको थियो ।
पाँच जना हराइरहेको भन्ने खबर प्रहरीलाई आइतबार बेलुकी ८:३० मा खबर गरिएकाे थियो ।
तत्पश्चात प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेय र महानगरीय प्रहरी कार्यालय भृकुटीमण्डपबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा विपद व्यवस्थापन गुल्म सामाखुसीसहित ३७ जना प्रहरी टोलीले हिउँ खेल्न जाँदा हराएकाहरूको खोजी गरेको थियो ।
महादेवस्थानकी २३ वर्षकी रिता गुरूङ, १५ वर्षकी सौभाग्य गुरूङ, १३ वर्षका सहज गुरूङ, ११ वर्षकी जेनिसा गुरूङ र ७ वर्षका एनवीन गुरूङलाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।
पाँच घन्टा खोजेपछि उनीहरूलाई चन्द्रागिरि जंगलबाट राति १:१५ बजे फेला पारिएको प्रहरीले बताएकाे छ ।
उनीहरूलाई सकुशल उद्धार गरेर आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जानकारी दिएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस