आजदेखि फाइजर खोपको दोस्रो मात्रा दिइँदै
- गाउँ सहर संवाददाता
- २४ माघ सोमबार, २०७८ | १३:११:०० मा प्रकाशित
काठमाडाैं । साेमबारबाट कोरोनाविरुद्धको फाइजर खोपको दोस्रो मात्रा दिइँदै छ । काठमाडौं महानगरपालिका भित्रका विद्यार्थीहरुलाई आजबाट कोरोनाविरुद्धको फाइजर खोपको दोस्रो मात्रा दिइँदै छ ।
फाइजर खोपको पहिलो मात्रा लगाएको तीन हप्ता पुगेका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई आजदेखि फागुन ५ गतेसम्म दोस्रो मात्रा दिन लागिएको हो ।
काठमाडौं महानगरपालिकाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले तोकिएका खोप केन्द्रमा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खोप दिइने छ ।
वडास्थित सामुदायिक शहरी स्वास्थ्य क्लिनिकमा सम्पर्क गरी पूर्ववत खोप केन्द्र तोकिएका विद्यालयहरुमा गई खोप लगाउन काठमाडौं महानगरपालिकाले जनाएको छ ।
ललितपुर महानगरपालिकामा भने माघ २७ गतेदेखि फागुन ६ गतेसम्म खोप कार्यक्रम सन्चालन हुने छ ।
जनस्वास्थ्य शाखा छायबहाल, वडा नं. २ को सानेपा चोकस्थित आधारभूत स्वास्थ्य केन्द्र, वडा नं. १७ को लुंखुसीस्थित नगर स्वास्थ्य केन्द्र, वडा नं. २४ को धापाखेल स्वास्थ्य चौकी, वडा नं. २५को सैंबु स्वास्थ्य चौकी, वडा नं. २७ को सुनाकोठी स्वास्थ्य चौकी र वडा नं. २८ को हरिसिद्धी स्वास्थ्य चौकी खोप केन्द्र तोकिएको छ ।
बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खोप कार्यक्रम सन्चालन हुने ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस