बढ्याे शेयर काराेबार रकम, नेप्से भने गिरावट
- गाउँ सहर संवाददाता
- २५ माघ मंगलबार, २०७८ | १५:३५:०० मा प्रकाशित
काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज मंगलबार शेयर काराेबार रकम बढेकाे छ । काराेबार रकम बढेपनि नेप्से भने दोहोरो अंकको गिरावट भएको छ ।
यस दिन १६.३० अंक घटेर २८३५.५८ विन्दुमा झरेको छ ।
सोमबार नेप्से १५.६९ अंकले बढेर दुई हजार ८ सय ५१ दशमलब ८६ विन्दुमा पुगेको थियो ।
नेप्से ओरालो लागेपनि यस दिन कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन ५ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २३० कम्पनीको ७१ हजार ३४० पटकको कारोबारमा ६ अर्ब २८ करोड ७२ लाख रुपैयाँ बराबरको १ करोड २० लाख ५३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीहरु मध्य दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा नेपाल इन्स्योरेन्स र बुद्धभुमी हाइड्रोपावर कम्पनी रहेको छ । यी कम्पनीको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले बढेको छ ।
त्यस्तै, लिवर्टी इनर्जी कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयरमूल्य ६.२७ प्रतिशतले घटेको छ ।
कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावरको भएको छ । यस कम्पनीको आज ३५ करोड ८५ लाख भन्दा बढीको कारोबार भएको छ । त्यसैगरि अपि पावरको ३३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने नेपाल इन्फ्रास्ट्रक्चर बैंक र अपर तामाकोशीको ३२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस