स्वास्थ्य

काेराेना संक्रमणबाट १२ वर्षीय बालकको मृत्यु

काठमाडाैं । कोरोना भाइरस संक्रमणबाट १२ वर्षीय बालकको मृत्यु भएको छ । वीरगञ्जमा कोरोना भाइरस संक्रमणबाट १२ वर्षीय बालकको मृत्यु भएको हाे । धोविनी गाउँपालिका–४ का १२ वर्षीय बालकको मंगलबार साँझ साढे ७ बजे मृत्यु भएको हो ।

माघ १६ गते स्वास प्रश्वासमा सहयोगका लागि ट्युब र ब्याग सहित नारायणी अस्पतालमा भर्ना भएका उनलाई भेन्टिलेटरमै राखिएको थियो । त्यसपछि बालककाे एक पटक पनि होस नआएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

बालकलाई नेशनल मेडिकल कलेजबाट नारायणी अस्पतालमा रिफर गरिएको थियो । सोही दिन गरिएको एन्टिजीन परीक्षण पोजेटिभ आएको थियो । चेकजाँचका क्रममा उनमा कोभिड निमोनिया देखिएको अस्पतालले जानकारी दिएकाे छ ।

शुरुमा उनलाई ज्वरो आएको थियो । त्यसपछि उनलाई वान्ता भएको र वान्ता सर्किएर श्वासनली हुँदै फोक्सोसम्म पुगेको अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहले जनाएका छन् ।

डा. सिंहले भने ‘एकातिर कोभिड निमोनिया, अर्कोतिर एस्पिरेसन निमोनिया पनि थियो’ । ‘सकेको प्रयास ग¥यौं तरपनि बचाउन सकेनौं ।’

गाउँ सहर संवाददाता

तपाईँको मत