घट्याे आर्थिक वर्षकाे बजेटको आकार : १५ खर्ब ४६ अर्ब २८ करोड
- गाउँ सहर संवाददाता
- २७ माघ बिहीबार, २०७८ | १६:२५:०० मा प्रकाशित
काठमाडौं । सरकारले अर्धवार्षिक समीक्षामार्फत चालु आर्थिक वर्ष २०७८/७९को बजेटको आकार घटाएको छ ।
बिहीबार अर्थमन्त्रालय अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले चालु आवमा १५ खर्ब ४६ अर्ब रुपैयाँ मात्र खर्च हुने जानकारी दिए ।
सरकारले बजेटको आकार नै साढे ८६ अर्ब रुपैयाँले घटाएको छ ।
अब चालुतर्फ १० खर्ब ३५ अर्ब ४६ करोडढ खर्च गर्ने सरकारी लक्ष्य छ । त्यसैगरी पुँजीगततर्फ ३ खर्ब ४० अर्ब ३२ करोड खर्च गरिने छ । यसअघि पुँजीगत खर्च ३ खर्ब ८७ अर्ब १० करोड खर्च गर्ने लक्ष्य थियो ।
उनले पूर्व तयारी नभइ बजेट ल्याउँदा पुँजीगत खर्च हुन नसकेको समेत दाबी गरे । उनले यसका लागि बजेट निर्माणको तरिका नै बदल्नुपर्ने बताए । अर्थमन्त्रीका रुपमा प्रतिस्थापन विधेयक जारी गरेपछि शर्माले चालु आवको पहिलो तीन महिना पुँजीगत खर्च १० प्रतिशत र त्यसपछिका प्रत्येक महिनामा १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने घोषणा गरेका थिए ।
यो वर्ष प्रतिस्थापन विधेयकमार्फत सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट ल्याएको थियो । कुल विनियोजित बजेटको आकार घटाएर यो वर्ष सुरुवातको विनियोजनको ९४.७ प्रतिशत मात्रै खर्च गर्ने गरी बजेट संशोधन भएको हो ।
बजेटको समीक्षा गर्दै अर्थमन्त्री शर्माले हाल नेपालमा क्रिप्टोकरेन्सी अर्थतन्त्रका लागि चूनौती भएको बताए । उनले पछिल्लो समय क्रिप्टोकरेन्सी तथा हाइपर फन्डको कारोबारमार्फत नयाँ तरिकाबाट क्यापिटल फ्लाइट भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस