कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक दाेस्राे दिन आज पनि बस्दै
- गाउँ सहर संवाददाता
- २८ माघ शुक्रबार, २०७८ | ०७:५५:०० मा प्रकाशित
काठमाडाैं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ । समिति गठन भएपछि बिहीबार पहिलोपटक बसेको बैठक आज पनि निरन्तर जारी रहने भएको हो । बैठक िदउँसाे २ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार बैठकमा नेताहरुले बोल्ने क्रम जारी रहको छ ।
बैठकमा खासगरी स्थानीय तहको निर्वाचन, एमसीसी, पार्टीका भातृ तथा शुभेच्छुक संस्थाहरुको महाधिवेशन लगायतका विषयमा छलफल गर्ने एजेन्डा रहेको छ ।
बैठकको पहिलो दिन बोल्ने सदस्यहरुले एससीसी परियोजना, स्थानीय तहको निर्वाचन, भातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन लगायतका विषयमा आ–आफ्नो धारणा राखेका थिए ।
पहिलो दिनको बैठकमा गोपालमान श्रेष्ठ, डा शशांक कोइराला, सुनील थापा, उमा रेग्मी विजयकुमार गच्छदारलगायत १२ जना नेताहरुले आफ्नो धारणा राखेका थिए ।
बैठकमा अधिवेशन बाँकी रहेका १६ जिल्ला र केही क्षेत्रीय समितिको अधिवेशनका विषयमा पनि छलफल भइरहेको छ ।
हाल कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति ३७ सदस्ययीय छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस