अर्थतन्त्र

आज पनि बढ्यो सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबा ?

काठमाडाैं । शुक्रबार सुनकाे मूल्य बढेकाे छ । बिहीबार सुनको मूल्य प्रतितोला ९३ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ । बिहिबार पनि सुनको मूल्य तोलामा पाँच सयले बढेको थियो ।  

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम गरिएको छ ।    

आज चाँदीको मूल्यमा भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२८० मा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको महासंघले बताएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत