खेल
लिगको दशौँ चरण अन्तर्गत आज दुई खेल हुँदै
- गाउँ सहर संवाददाता
- १ फाल्गुण आइतबार, २०७८ | ०८:४८:०० मा प्रकाशित
काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज आइतबार दुई खेलहरु हुँदैछ । लिगको दशौँ चरण अन्तर्गत आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेल हुनेछन् ।
पहिलो खेलमा न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी र हिमालयनबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
एनआरटी ९ खेलमा १३ अंक जोडेर लिगको सातौं स्थान रहेको छ । हिमालयन ९ खेलमा ११ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
दशरथ रंगशालामै हुने दोस्रो खेलमा नेपाल एपीएफ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र संकटाबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।
एपीएफ ९ खेल १० अंक जोडेर नवौं स्थानमा रहेको छ । संकटा ९ खेलमा १४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस