सरकार गिराउन र चुनाव बिथोल्नका लागि प्रपन्च भइरहेकाे छ- प्रचण्ड
- गाउँ सहर संवाददाता
- १ फाल्गुण आइतबार, २०७८ | ०९:२३:०० मा प्रकाशित
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार गिराउनका र चुनाव बिथोल्नका निम्ती प्रपन्च भइरहेकाे बताएका छन् ।
जनयुद्ध दिवसमा अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले सत्ता गठबन्धन टुटाउने र सरकार गिराउने चलखेल भएको बताए ।
प्रतिक्रान्तिकारी शक्ति चुप नलागेको र त्यसलाई मलजल गर्ने देशभित्र र बाहिरका शक्तिहरू सक्रिय रहेको बताउँदै प्रचण्डले भने, ‘यो गठबन्धनलाई टुटाउनको लागि, सरकार गिराउनका निम्ती र चुनाव बिथोल्नका निम्ती प्रपन्च भइरहेका छन् ।’
एमसीसी पास गर्ने/नगर्ने आधारमा गठबन्धन नबनाइएको बताएका छन् । दाहालले संविधान, लोकतन्त्र र राष्टियताको रक्षानिम्ति गठबन्धन गरिएको बताए ।
जुन मूल्य र मान्यतामा टेकेर गठबन्धन बनाइएको थियो त्यसमा सबै अडिग रहनुपर्ने उनले बताए । ‘कुनै एउटा खास परियोजना गर्ने या नगर्ने भन्ने आधारमा गठबन्धन गरिएको होइन,’ उनले भने, ‘यदि आज कसैले कुनै एउटा परियोजनासँग सम्बन्धित गराएर गठबन्धनको भाग्य र भविष्यबारे सोच्छ भने हाम्रो ऐतिहासिक धरातल भत्काउनेजस्तै हुन्छ । हामीले जुन मुल्य र मान्यतामा टेकेर बनाएर हौँ त्यसैमा अडिग रहौँ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस