गाउँ सहर

आगोले जलेर ६६ वर्षीय वृद्धको मृत्यु

सर्लाही । आगोले जलेर एक वृद्धको मृत्यु भएकाे छ । सर्लाहीको शंकरपुरमा आगोले जलेर एक वृद्धको मृत्यु भएकाे हाे । बागमती नगरपालिका-८, शंकपुरका ६६ वर्षीय रामआशिष साहको आगोमा जलेर सोमबार बिहान मृत्यु भएको हो । 

घरको आगनमा आगोले जलिरहेकाे अवस्थामा साह फेला परेका थिए । शरीरमा आगो दन्किरहेको देखेपछि छिमेकीले तत्कालै पानी हालेर आगो निभाएको एक स्थानीयले जानकारी दिएका छन् । 

आगो निभाए पनि साहको भने घटना स्थलमै मृत्यु भएको हो । आगनमा अचानक आगो दन्किरहेको देखेपछि आफूहरुले हताहतार पानी हालेर निभाएको छिमेकी रामप्रवेश पण्डितले जनाए । साह परिवार घरका केही सदस्यसहित आइतबार राति घरमै सुतेका थिए । मृतक साहको केही समय पहिलेदेखि शरीरको एउटा साइड प्यारालाइसिस रहेको परिवारको भनाइ छ । 

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत