बुधबार बस्ने संसद बैठक पनि एमालेले अवरोध गर्ने
- गाउँ सहर संवाददाता
- ३ फाल्गुण मंगलबार, २०७८ | १६:४७:०० मा प्रकाशित
काठमाडाैं । प्रमुख प्रतिपक्षी दल एमालेले भाेलि बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध गर्ने भएको छ । एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमालेले निरन्तर संसद बैठक अवरोध गर्दै आएको छ ।
बुधबार बस्ने संसद बैठकमा सरकारले एमसीसी पेस गर्ने तयारी गरिएका बेला एमालेले अवरोध गर्ने भएको हो । ‘हामीहरूको माग पूरा भएको छैन । बुधबार बस्ने संसद बैठक पनि एमालेले अवरोध गर्छ,’ एमाले सांसद शेरबहादुर तामाङले भने ।
एमालेको अवरोधका बीच पनि सभामुख सापकोटाले एमसीसी सम्झौता अनुमोदनका लागि पेस गर्ने सम्भावना रहेको उनले बताएका छन् ।
सांसद तामाङले भने- ‘हाम्रो अवरोधकैबीच पनि सरकारले एमसीसी प्रस्ताव टेबुल गराएर सभामुख सापकोटाले प्रक्रिया अघि बढाउने सम्भावना छ ।'
आफूले पदमुक्त गरेका १४ जना सांसदको कारबाहीको सूचना जारी नगरेर सभामुख सापकोटाले एमाले विभाजनमा भूमिका खेलेको भन्दै एमालेले निरन्न्तर संसद बैठकमा अवरोध गर्दै आएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस