एमसीसीबारे माओवादीको निर्णय : विपक्षमा उभिने, जबरजस्ती गरिए सरकारबाट बाहिरिने
- गाउँ सहर संवाददाता
- ४ फाल्गुण बुधबार, २०७८ | ११:१५:०० मा प्रकाशित
काठमाडौं । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसी नेपाल कम्प्याक्टको विपक्षमा उभिने निर्णय गरेको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले एमसीसी परियोजनाको विपक्षमा उभिने निर्णय गरेको हो ।
आज संसद बैठक बस्दैछ । बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि माओवादीले संसदीय दलको बैठकबाट विपक्षमा उभिने निर्णय गरेको हो ।
त्यसैगरि एमसिसी पारित गर्न खोजे सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
बैठकले संशोधनबिना एमसिसी पारित गर्न नसकिने निष्कर्ष निकाल्दै जबरजस्ती पारित गर्न खोजे सरकार छोड्ने निर्णय गरेको छ ।
माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरूङले गठबन्धनको सहमतिबिना सरकारले एमसिसी टेबल गरे गठबन्धन भत्किने बताए ।
‘सबै दलको सहमति हुनुपर्छ, कम्तीमा सरकारमा रहेका गठबन्धनका बीचमा पनि सहमति जुट्न जरुरी छ ‘, गुरुङले सञ्चारकर्मीसँग भने ।
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले एमसीसी सदनमा पेस गर्ने र अनुमोदनको पक्षमा उभिएकोबारे पत्रकारको जिज्ञासामा गुरुङले भने ‘सरकारमा रहेका दलहरूबीचमा सहमति नभइ पेस गर्ने कुरा गठबन्धन तोडेर गर्ने कुरा हो । त्यस्तो भयो भने सरकारमा रहने कुरा हुँदैन ।’
प्रधानमन्त्री शेरबहादुर देउवासँगको बैठकमा प्रचण्डले एमसिसी टेबल गर्न दिने तर आफूहरू अनुपस्थित हुने भनी गरेको सहमतिको पनि केही नेताहरूले विरोध गरेका थिए ।
पार्टी महाधिवेशनले नै संशोधनबिना एमसिसी पारित गर्न नहुने निर्णय गरेकाले अहिले बिना संशोधन एमसिसी पारित गर्नु महाधिवेशनको निर्णयविपरीत हुने बताएका थिए।
नेताहरूले फरक-फरक कुरा गरेपछि माओवादी केन्द्रले एमसिसीबारे निर्णय गर्न सकेको छैन । आजको संसद बैठकमा एमसिसी टेबल गर्ने प्रबल सम्भावना छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस