बसको ठक्करबाट दुईजना पैदलयात्रु, एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु
- गाउँ सहर संवाददाता
- ५ फाल्गुण बिहीबार, २०७८ | ११:३४:०० मा प्रकाशित
काठमाडौं । बालाजुमा बसले ठक्कर दिँदा दुईजना पैदलयात्रुको मृत्यु भएको छ । मिनीबसको ठक्करबाट घाइते भएको दुईजना पैदलयात्रुलाई अस्पताल लैजाने क्रममा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
बालाजु गंगा हल अगाडि दुर्घटना भएको महाशाखाका प्रवक्ता संजीव शर्मा दासले जानकारी दिए । मृत्यु हुनेमा रसुवाका १८ वर्षीय विकास तामाङ र नाम नखुलेकी महिला छन् ।
मिनीबसले ठक्कर दिएर फरार रहेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । दुर्घटना विहान ६ बजे भएको हो ।
एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु
महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा एम्बुलेन्सको ठक्करबाट बुधबार साइकलयात्रीको मृत्यु भएको छ । गौशाला नगरपालिका–११ का ३५ वर्षीय तेजनारायण महतोको मृत्यु भएको हो ।
गौशालाबाट रामनगरतर्फ जाँदै गरेको महतो सवार साइकललाई सोही दिशाबाट आउँदै गरेको स१च १३९३ नम्बरको एम्बुलेन्सले पछाडिबाट ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जानकारी दिएको छ ।
बुधबार बेलुका करिब पौने ८ बजे भएको सवारी दुर्घटनामा संलग्न एम्बुलेन्स चालकलाई एम्बुलेन्ससहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस