संसद बैठकअघि कार्यव्यवस्था समितिकाे बैठक बस्दै, एमसीसी टेबल हाेला ?
- गाउँ सहर संवाददाता
- ८ फाल्गुण आइतबार, २०७८ | ०७:१९:०० मा प्रकाशित
काठमाडौं । आइतबार (आज) प्रतिनिधिसभाको बैठक बस्दै छ । सरकारले दिउँसो १ बजे बस्ने बैठकमा एमसीसी सम्झौता टेबल गर्ने तयारी गरेको छ ।
तर, संसद् सचिवालयले निकालेको सम्भावित कार्यसूचीमा भने एमसीसी सम्झौताबारे केही उल्लेख छैन ।
सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यस्था परामर्श समितिको बैठक बोलाएका छन् । प्रतिनिधिसभाको बैठकअघि उनले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बैठक बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ ।
बैठकमा संसद् बैठकको कार्यसूचीबारे छलफल हुनेछ । बैठकमा संसदमा जारी अवरोध हटाउने विषयमा छलफल हुनेछ ।
प्रतिनिधिसभाको बैठककाे सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गर्ने मात्रै छ ।
सत्ता गठबन्धनमा सहमति नहुँदा एमसीसी टेबल हुन सकेको छैन । सरकार फागुन १६ गतेभित्र एमसीसी टुङ्गो लगाउनै पर्ने दबाबमा छ ।
नेकपा एसको हिजो बसेको स्थायी कमिटी बैठकले एमसीसी संसदमा टेबल हुनपर्ने तर त्यसको पक्षमा मतदान नगर्ने निर्णय गरेको छ । सत्ताघटक माओवादी केन्द्रले यथास्थितिमा एमसीसी अनुमोदन भए सरकारबाटै बाहिरिने निर्णय गरिसकेको छ । तर पछिल्लो समय माओवादी पनि एमसीसीको पक्षमा लचिलो भएको बुझिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने संसद अवरोध कायमै राख्ने जनाएको छ ।
सत्तारुढ दल नेपाली कांग्रेसले एमसीसी सम्झौता संसद्मा टेबुल गरी जतिसक्यो छिटो पारित गर्नुपर्ने बताउँदै आएको छ । सत्तारुढ गठबन्धनकै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी यथास्थितिमै एमसीसी पास गर्न नहुने पक्षमा छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस