दाहाल र वैद्यबीच खुमलटारमा भेटवार्ता जारी
- गाउँ सहर संवाददाता
- १० फाल्गुण मंगलबार, २०७८ | १०:३९:०० मा प्रकाशित
काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’बीच भेट वार्ता भएको छ । दाहाललाई भेट्न अध्यक्ष किरण दाहाल निवास खुमलटार पुगेका हुन् ।
अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) खारेज गर्न माग गर्दै सडक आन्दोलनमा रहेका मोहन वैद्यले सत्ता गठबन्धन दलका शीर्ष नेता प्रचण्डसँग भेट वार्ता गरेका छन् ।
दाहालले समेत अहिलेकै अवस्थामा एमसीसी पारित गर्न नहुने भन्दै सत्ता गठबन्धन बैठकमा आफ्नो मत राख्दै आएका छन् । एमसीसीका विषयमा वार्ता गर्न भएको दुवै नेताबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
पछिल्लो समय सार्वजनिक मञ्चमा प्रचण्डले माओवादी घटक दलहरू एकताबद्ध हुन आवश्यक रहेको बताउँदै गर्दा मोहन वैद्यसँगको भेटले नयाँ मोड लिएको छ । दुई नेताबीच वार्ता जारी छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस