नेपाल र ओमान तेस्रो स्थानको लागि भिड्दै
- गाउँ सहर संवाददाता
- १२ फाल्गुण बिहीबार, २०७८ | ०८:०२:०० मा प्रकाशित
काठमाडाैं । ओमानमा जारी आईसीसी टी-२० विश्वकप ग्लोबल छनोटबाट बाहिरिएको नेपालले तेस्रो स्थानका लागि आज ओमानको सामना गर्दैछ ।
यी दुई टोलीबीचको खेल आज अपरान्ह ३ः४५ देखि अल अमरेत क्रिकेट स्टेडियममा सुरु हुनेछ ।
सेमिफाइनलमा नेपाल यूएईसँग र ओमान आयरल्याण्डसँग पराजित हुँदै विश्वकप खेल्न बञ्चित भएका थिए । अब यी दुवै टिम यो प्रतियोगिताको सुःखत अन्त्य गर्न चाहन्छन् ।
जारी प्रतियोगिताको समूह चरणमा नेपालले ओमानलाई ३९ रनले हराएको थियो । त्यस्तै, दोस्रोमा नेपालले फिलिपिन्सलाई १३६ रन र तेस्रो खेलमा क्यानडालाई ८ विकेटले पराजित गर्दै समूह विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको थियो ।
तर, नेपालले सेमिफाइनलमा यूएईसँग ६८ रनले हार बेहोर्दै फाइनल पुग्न असफल भयो ।
नेपालकै समूहमा रहेको घरेलु टिम ओमानले क्यानडा र फिलिपिन्सलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस