फोटो

आजकाे संसद बैठक स्थगित, एमसीसी सम्झौताकाे विराेधमा प्रदर्शन जारी

काठमाडाैं । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक सूचना टाँस गरी भोलि (शुक्रबार) १ बजेसम्मका लागि स्थगित गरिएको हो ।  प्रमुख प्रतिपक्ष दल एमालेलाई मनाउनका लागि सरकारले प्रतिनिधिसभा बैठक स्थगित गर्न आग्रह गरेको संसद् सचिवालयले जनाएको छ ।

संसद्‍मा एमसीसीमाथि छलफलको नयाँ बानेश्वर सडकमा विराेध प्रदर्शन भइरहेकाे छ । 

आज बिहीबारको प्रतिनिधि सभा बैठकमा एमसीसी सम्झौतामाथि छलफल हुने भनिएपनि बैठक स्थगित भएको छ । सरकारको आग्रहमा बैठक स्थगित भएको हो ।

संसद्‍मा एमसीसीमाथि छलफलको तयारी संसद् भवनबाहिर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

एमसीसी सम्झौताकाे विपक्षमा रहेकाहरूले आज पनि संसद् भवन अगाडी विरोध प्रदर्शन गर्दैछन् । उनीहरूको विरोधलाई मध्यनजर गर्दै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो । 

तस्बिर-मजाेज श्रेष्ठ

गाउँ सहर संवाददाता

तपाईँको मत