अर्थतन्त्र

सुनचाँदीकाे मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ काराेबार ?

काठमाडाैं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य प्रतितोला ९९ हजारमा कारोबार भएकोमा आज तोलामा एक हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ ।  बिहिबार सुनको मूल्य तोलामा २५ सयले बढेको थियो । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । 

आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १३५५ मा कारोबार भएकोमा आज घटेर प्रतितोला १३३५ रुपैयाँ मूल्य कायम गरिएको महासंघले बताएकाे छ । 
 

गाउँ सहर संवाददाता

तपाईँको मत