गाउँ सहर

मालपोत कार्यालय चावहिलका खरिदारसहित तीन जना अख्तियारकाे नियन्त्रणमा

 काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खरिदारसहित तीन जनालाई घुससहित नियन्त्रणमा लिएको छ । अख्तियाराले मालपोत कार्यालय चावहिलका खरिदार लक्ष्मण बस्नेतसहित तीन जनालाई घुससहित नियन्त्रणमा लिएको हाे । आयोगले बस्नेतसहित तीन जनालाई बिहिबार एक लाख ३५ हजार घुस सहित नियन्त्रणमा लिएको जनाएकाे छ । 

खरिदार लक्ष्मण बस्नेतले जग्गा नामसारी गर्ने सिलसिलामा आलटाल गरी सामान्य प्रकृयाबाट हुने कामको लागि सेवाग्राहीसँग घुस/रिसवत बापत एक लाख ३५ हजार माग गरिरहेको भन्ने सूचना परेको थियो । सोहि आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीद्वारा निज खरिदार लक्ष्मण बस्नेतसहित होटल व्यवसायी मिना मगर र लेखापढी व्यवसायी विनोद श्रेष्ठ समेतलाई सेवाग्राहीबाट उक्त रकम घुस लिइसकेको अवस्थामा काठमाडौं महानगरपालिका–७ चावहिल स्थित मुस्ताङ हाम्रो थकाली भान्छाघरबाट उक्त रकमसहित नियन्त्रणमा लिएकाे जानकारी दिएकाे छ । 

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले बताएकाे छ ।  

गाउँ सहर संवाददाता

तपाईँको मत