मोटरसाइकल दुर्घटना चालककाे मृत्यु, एक गम्भीर
- गाउँ सहर संवाददाता
- १५ फाल्गुण आइतबार, २०७८ | ११:४६:०० मा प्रकाशित
काठमाडाैं । मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु भएकाे छ । सर्लाहीको धन्कौलमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएकाे हाे । अर्का एक घाइते भएका छन् । हिजाे राति मधुवनी-नयाँरोड सडकखण्ड अन्तर्गत धन्कौल गाउँपालिका-२, स्थित लंगडा पुलमा प्रदेश २-०३-०१९ प ३६०५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो । मोटरसाइकल दुर्घटना भएर पुलमुनी खस्दा चालक कौडेना गाउँपालिका - ३, का मनोज चौधरीको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा परेर चौधरीको टाउको र शरिरका विभिन्न भागमा गहिरो चोट लागेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि बरहथवा स्थितभेनस अस्पतालमा लगिएको थियो । तर, उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।
दुर्घटनामा कौडेना गाउँपालिका - ५, का दिपेश मुखिया घाइते भएका छन् । उनको भेनेस अस्पतालमा उपचार भइरहेकाे प्रहरीले बताएकाे छ ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस