शिवरात्रीकाे दिन पानी पर्छ ? कस्ताे छ माैसमी पूर्वानुमान ?
- गाउँ सहर संवाददाता
- १७ फाल्गुण मंगलबार, २०७८ | ०७:११:०० मा प्रकाशित
काठमाडाैं । आज महाशिवरात्री पर्व । हरेक बर्ष फागुन कृष्ण पक्षको त्रयोदशी तिथिको रातमा शिवरात्री व्रतको नियम रहिआएको छ । जुन तिथिमा शिवरात्री पर्दछ उक्त तिथि नै शिवजीको हो । शिव पानीमा बस्न मनपराउने भएकाले पनि शिवरात्रीको दिन पानी पर्ने गर्दछ भन्ने मान्यता रहँदै आएकाे छ ।
आफ्नो निवास जलमानै बनाउन रमाउने शिवजी जहाँ जहाँ उपस्थिति हुन्छन्, त्यस स्थानमा पानीको वर्षा हुने पुराणहरुमा उल्लेख गरिएको छ ।
यस्ताे छ माैसम महाशाखाकाे पूर्वानुमान
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
मंगलबार देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
बुधबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानमा साथै कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस