त्रिवि सेवा आयोगको परीक्षा स्थगित भए जस्तोसुकै कदम चाल्ने अनेरास्ववियुकाे चेतावनी
- गाउँ सहर संवाददाता
- १९ फाल्गुण बिहीबार, २०७८ | १५:३२:०० मा प्रकाशित
काठमाडाैं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगमा लगाइएको ताला वार्ता र सहमतिका आधारमा तत्काल खुला गर्न माग गरेको छ । सेवा आयोगले प्रकाशित गरेको कार्यतालिका अनुसार निर्धारत समयमै उपप्राध्यापक र अरू पदको परीक्षा सञ्चालन गर्न माग गरेको हाे । अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले विज्ञप्ति जारी गर्दै त्रिविको विभिन्न निकायमा र त्रिवि सेवा आयोगमा लगाइएको ताला वार्ता र सहमतिबाट तुरुन्त खुल्ला गर्न ध्यानाकर्षण गराएकी हुन् ।
कार्यरत आंशिक शिक्षकहरूबाट नै तालाबन्दी गरेर योग्य शिक्षकलाई विश्वविद्यालयमा प्रवेश गर्न अवरोध गर्ने कार्य शैक्षिक अराजकताको पराकाष्ठा भएको बरालको भनाइ छ । स्वच्छ र मर्यादितरूपमा आयोगको परीक्षा सञ्चालन गर्ने वातावरण बनाउन अनेरास्ववियुले जस्तोसुकै मूल्य चुकाउन तयार रहेको उनले बताइन् ।
प्राध्यापक, कर्मचारी तथा विद्यार्थी संघ–संगठनहरूलाई समेत भयरहित वातावरणको निर्माणका लागि जिम्मेवार बन्न बरालको आग्रह छ । कथमकदाचित आयोगको परीक्षा प्रभावित गरेमा वा स्थगित गरेमा अनेरास्ववियु जस्तोसुकै कदम चाल्न पनि पछाडि नपर्ने उनको चेतावनी छ ।
आफूहरूलाई छुट्टै परीक्षा लिएर स्थायी गर्नुपर्ने माग राख्दै आएका आंशिक प्राध्यापकहरूले हाल त्रिवि सेवा आयोगमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण सेवा आयोगले तोकेको परीक्षा अन्योलमा परेको छ । अनेरास्ववियुले भने आंशिक प्राध्यापकले सेवा आयोगमा तालाबन्दी गर्नुलाई अराजकता भनेको छ ।
अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा लामो समयदेखि तालाबन्दी गरेर उपप्राध्यापक पदका लागि लिइने परीक्षालाई प्रभावित गर्ने केही समूह लागि परेको पनि जनाएको छ । सर्वोच्च अदालतको निर्देशन बमोजिम त्रिवि सेवा आयोगले उपप्राध्यापकका लागि लिखित परीक्षा तालिका समेत सार्वजनिक गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस