स्वास्थ्य

मुलुकभर पछिल्लाे २४ घण्टामा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि, ३२० जनाले गरे स्वास्थ्य लाभ

काठमाडाैं । मुलुकभर पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९४४ पुगेको छ ।

बिहीबार ३२० जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर ७ हजार ५१७ जना सक्रिय संक्रमित रहेका छन् ।

गत चौबीस घन्टामा २ हजार ४४८ पीसीआर तथा २ हजार ४७६ एन्टिजेन परीक्षण भएको मन्त्रालयले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत