राजनीति

माओवादीको केन्द्रीय कार्यसमितिको बैठक भाेलिसम्मका लागि स्थगित

फाइल तस्बिर

काठमाडौं । माओवादी केन्द्रले आइतबारका लागि तय गरेको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरेको छ।

शुक्रबार सुरु भएको बैठक आइतबार ११ बजेका लागि बस्ने भनिए पनि २ बजेका लागि सारिएको थियो। तर अन्तिममा सोमबारमात्रै बस्ने गरी बैठक सारिएको माओवादी केन्द्रले जनाएको छ।

माओवादीको जारी केन्द्रीय बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिने, पदाधिकारी चयन, स्थायी र पोलिटब्युरो गठन गर्ने एजेण्डा तय गरिएको थियाे।

दिउँसाे १ बजे बस्ने संसद बैठकलाई देखाएर बैठक रोकिए पनि पदाधिकारी चयनमा थप छलफल आवश्यक भएपछि बैठक स्थगित गरिएको हो।

माओवादीमा महासचिव चयन पेचिलो बनेको छ। त्यस्तै बैठकमा एमसीसी पारित गरिएकोबारे पनि छलफल हुने भएको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत