गाउँ सहर

नेप्लीज एसोसिएसन अफ अष्ट्रेलिया एजुकेशन रिप्रेजेन्टेटिभस् नायरको साधारण सभा सम्पन्न 

काठमाडाैं । नेप्लीज एसोसिएसन अफ अष्ट्रेलिया एजुकेशन रिप्रेजेन्टेटिभस् नायरको १४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाले अध्यक्षमा प्रेम पाण्डे, उपाध्यक्षमा उद्धव बहादुर खड्का, महासचिवमा थरेन्द्रराज अधिकारी, सचिवमा एन्ड्रु पौडेल, कोषाध्यक्षमा शालिकराम भण्डारी, कार्यकारी सदस्यमा विराज पाण्डे र बुद्ध शाक्य निर्वाचित भएका छन् ।

नवनिर्वाचित पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै निवर्तमान अध्यक्ष विज्ञान श्रेष्ठले कोरोनाको महामारीले शैक्षिक परामर्श क्षेत्र पूर्ण प्रभावित भएको र आगामी पललाई सृजनात्मक बनाउन समेत शुभकामना ब्यक्त गरेका थिए । 

निर्वाचित अध्यक्ष प्रेम पाण्डेले यस पटकको निर्वाचित सम्पूर्ण टिमलाई उत्प्रेरणा प्रदान गर्दै नेप्लीज एसोसिएसन अफ अष्ट्रेलिया एजुकेशन रिप्रेजेन्टेटिभस् नायरको गतिविधिलाई अगाडि बढाउनसमेत निर्देशन गरेका थिए । 

"अस्ट्रेलियन दुताबास, आना, नाकी, अष्ट्रेलियन अवार्ड लगायतका विभिन्न संस्थाहरुसँग सहकार्य गरीआफ्ना गतिविधि अगाडि बढाइरहेको छौँ । साथै अष्ट्रेलियन एजुकेशन इन्फर्मेसन सेन्टर समेत स्थापना भैसकेको छ । बोर्डर खोलेसँगै हामी अष्ट्रेलियन कल्चर, बिजिनेस र एजुकेशनलाई विभिन्न कार्यक्रम मार्फत प्रवर्द्धन गर्नेछौ ।"  नवनिर्वाचित उपाध्यक्ष उद्धव बहादुर खड्काले जानकारी गराए । 

गाउँ सहर संवाददाता

तपाईँको मत