अनलाइन टिभी सञ्चालन गर्न पाँच लाख दस्तुरसहित इजाजत लिनुपर्ने
- गाउँ सहर संवाददाता
- २३ फाल्गुण सोमबार, २०७८ | ०६:३७:०० मा प्रकाशित
काठमाडौं । सरकारले अनलाइन टिभी सञ्चालनका लागि पाँच लाख रुपैयाँ दस्तुर तिरेर इजाजत लिनुपर्ने व्यवस्था गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले इन्टरनेटमार्फत् सञ्चालन हुने अनलाइन टिभीको अनुमति लिनुपर्ने व्यवस्था गरेको हो ।
राष्ट्रिय प्रसारण नियमावलीमा एघारौँ संशोधन गर्दै मन्त्रालयले यो व्यवस्था गरेको छ ।
नयाँ व्यवस्थाअनुसार अनलाइन टेलिभिजन (इन्टरनेट टिभी) सञ्चालन इजाजतपत्रका लागि ५ लाख शुल्क तिर्नुपर्ने छ ।
यसअघि अनलाइन च्यानलका लागि अनुमति लिनुपर्ने व्यवस्था थिएन ।
‘इन्टरनेटको माध्यमबाट प्रसारण गर्ने गरी इजाजतपत्र प्राप्त गरेको अनलाइन टेलिभिजनले अन्य वितरण प्रणालीको माध्यमबाट माध्यमबाट टेलिभिजन कार्यक्रम प्रशारण गर्नुअघि यस नियमावलीबमोजिम अनुमति लिनुपर्ने’ संशोधनमा भनिएको छ ।
पछिल्लो समय अनलाइन टिभी तथा युट्युब च्यानलमा प्रशारित सामाग्रीप्रति जनगुनासो बढेपछि मन्त्रालयले राष्ट्रिय प्रशारण नियमावली संशोधन गर्दै इन्टरनेटको माध्यमबाट हुने प्रशारणको नियमन गर्ने व्यवस्था गरेको हो ।
नियमावली २०७८ ले पहिलोपटक अनलाइन टिभी तथा युट्युब च्यानलहरूलाई नियमनको दायरामा ल्याएको हो ।
संशोधित नियमावलीको नियम २ को उपनियम २ (६) ले ‘अनलाइन टेलिभिजन (इन्टरनेट टिभी) भन्नाले इन्टरनेटमार्फत् आफैँले उत्पादन गरी नियमित रूपमा श्रव्यदृष्य कार्यक्रम प्रशारण गर्ने कार्य सम्झिनुपर्छ’ भनेर परिभाषित गरेको छ ।
यो परिभाषाले अनलाइन टिभीका साथै युट्युब च्यानलहरूलाई पनि समेटेको छ ।
नियमावलीले सामग्री प्रकाशन गर्दा उपभोक्ताको उमेर अनुसार तीन भागमा वर्गीकरण गर्नुपर्ने व्यवस्था पनि गरिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस