सुन आयातमा कडाइ, दैनिक कोटा १० किलोमा झारियाे
- गाउँ सहर संवाददाता
- २३ फाल्गुण सोमबार, २०७८ | ०९:४९:०० मा प्रकाशित
काठमाडौं । यसअघि दैनिक २० किलोसम्म सुन आयात गर्न पाईने व्यवस्थामा नेपाल राष्ट्र बैंकले नयाँ नियम लागू गरेकाे छ ।
नेपाल राष्ट्र बैंकले आईतबार एक परिपत्र जारी गर्दै सुन आयातको कोटा घटाएको छ । नयाँ नियम अनुसार अब दैनिक १० किलो मात्रै सुन आयात गर्न पाईने भएको छ ।
यसअघि दैनिक २० किलोसम्म सुन आयात गर्न पाईने व्यवस्था थियो । यस्तो हुँदापनि व्यवसायीहरुले सुनको पूर्ति गर्न नसकेको बताउँदै आएका थिए ।
व्यवसायीहरुले सुन आयातको कोटा बढाउन बेलाबेलामा राष्ट्र बैंकमा लबिङसमेत गर्ने गरेका छन् । आईतबार अन्तरराष्ट्रिय बजारसँगै नेपालमा समेत सुनको मूल्य बढेसँगै राष्ट्र बैंकले आयात कोटा घटाएको हो ।
यसअघि राष्ट्र बैंकले पहिलो चरणको लकडाउनमा पनि अर्थतन्त्रमा नकारात्मक असर पर्ने भन्दै सुन आयातको कोटा २० बाट घटाएर १० किलो पुर्याएको थियो । त्यसपश्चात अर्थतन्त्र चलायमान भएपछि पुनः बढाएर दैनिक २० किलो आयात गर्न पाउने पुरानै व्यवस्थालाई निरन्तरता दिएको थियो ।
रेमिट्यान्स घट्ने र आयात बढ्ने कारणले विदेशी विनिमय सञ्चितिमा दबाब परेपछि सुनको आयातका कडाइ गरिएको राष्ट्र बैंकको दाबी छ । मौद्रिक नीतिको समीक्षमार्फत नै उसले विलाशीताको वस्तुमाथि नियन्त्रण गर्ने बताएको थियो ।
चालु आर्थिक वर्षको माघसम्म नेपालमा ३ हजार ६४३ किलो सुन आयात भइसकेको छ । उक्त परिमाणमा सुन आयातका लागि मुलुकबाट २५ अर्ब २१ करोड ६८ लाख रुपैयाँ भन्दा धेरै रकम बाहिरिएको भन्सार विभागले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस