गाउँ सहर

अवैध भरुवा बन्दुक र गोलीसहित एक जना पक्राउ

काठमाडाैं । प्रहरीले अवैध भरुवा बन्दुक र गोलीसहित एक जनालाई पक्राउ गरेको छ । रौतहटमा अवैध भरुवा बन्दुक र गोलीसहित एक जनालाई पक्राउ गरेको हाे । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–६ का इन्द्र बहादुर आले मगर छन् । उनको साथबाट भरुवा बन्दुक १ थान, भरुवा बन्दुकको नाल १ थान, त्यसमा लाग्ने गोली ३ थान र ३० वटा छर्रा बरामद गरेकाे प्रहरीले जानकारी दिएकाे छ । 

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरबाट  खटिएको गस्ती टोलीले चन्द्रपुर ६ स्थित हातेमालो सामुदायिक बन क्षेत्रको बाटोमा चेकजाँचको क्रममा आइतबार  इन्द्र बहादुर आले मगरको साथबाट उक्त हातहतियार बरामद गरेको प्रहरीले बताएकाे छ । 

मगरमाथि हातहतियार खरखजाना सम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत