खेल

कुशल भुर्तेलको वरीयतामा दुई स्थान सुधार

काठमाडौं । कुशल भुर्तेलको आईसीसी टी–ट्वान्टी वरीयतामा सुधार भएको छ । 

आईसीसीले बुधबार  सार्वजनिक गरेको नयाँ वरीयतामा कुशल ब्याटिङतर्फ २९ औं स्थानमा उक्लिएका छन् । यसअघि उनी ३१ औं स्थानमा थिए ।

ब्याटिङतर्फ दिपेन्द्र सिंह ऐरी भने ५१ औं स्थानमा यथावत रहेका छन् ।

बलिङतर्फ लेग स्पीनर सन्दीप लामिछाने एक स्थान तल झरेका छन् ।

नेपाली क्रिकेट टिमका कप्तान सन्दीप ३६ औं स्थानबाट ३७ औं स्थानमा झरेका छन् ।

बलिङतर्फ नै अविनाश बोहरा भने ८२ औं स्थानबाट एक स्थान माथि ८१ औं स्थानमा पुगेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत