शिक्षा

एसईई परीक्षामा उमेर हदको व्यवस्था खारेज

काठमाडाैं । अबदेखि एसईई परीक्षामा उमेर हद नलाग्ने भएको छ । यसअघि एसईई दिन १४ वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था रहेकामा अबदेखि उमेर हद नलाग्ने निर्णय भएको हो ।

 विद्यालय  तहको  संरचना परिवर्तन भएर कक्षा ११ र १२ सम्मलाई माध्यमिक तह बनाइएकाले उमेरको हद पनि कक्षा १२ को  वार्षिक  परीक्षामा  मात्रै  लाग्ने  शिक्षा  मन्त्रालयले जानकारी दिएकाे छ । 

१४ वर्षे  उमेर  हदको व्यवस्था खारेज गरिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताएका छन् । उमेर हदसम्बन्धी कानुन यसअघि नै संशोधन भए पनि कार्यान्वयन भने यस पटकबाट  हुने  मन्त्रालयको जनाएकाे छ ।

राष्ट्रिय  परीक्षा बोर्डले एसईई आगामी वैशाख ९ देखि सञ्चालन गर्ने यसअघि नै निर्णय गरिसकेको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत