गाउँ सहर

ताप्लेजुङमा आगलागीबाट एक महिलाको मृत्यु, एक घाइते

काठमाडौं । ताप्लेजुङको फुङलिङ नगरपालिका–४ काप्चेमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ .

मैवाखोला गाउँपालिका घर भई शिव मादेनको घरमा डेरा गरी बस्नेत ६७ वर्षीय वृद्धा चुलीमाया लिम्बूको उपचारका क्रममा मृत्यु भएको हाे ।

रविन आङबोहाङको घरमा आगलागी लिम्बुको मृत्यु भएको हो भने उनकी नातिनी १६ वर्षीया रेविना लिम्बु घाइते भएकी छन् । उनको अस्पतालमा उपचार जारी छ ।

जिल्ला प्रहरी प्रमुख बालनरसिंह राणाका अनुसार चुलिमाया ग्यास सिलिण्डर पड्किएर घाइते भएकी थिइन् ।

आज बिहान करिब ८ः२५ बजेतिर जस्ताले छाएको दुई तले घरमा आगो लागेको थियो । सो घर क्षतिग्रस्त भएको छ ।

प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार आगलागीबाट शिव मादेनको घर पूर्णरूपमा जलेको छ भने रवीन्द्र लिम्बूको घरमा आंशिक क्षति पुगेको छ । 

 

गाउँ सहर संवाददाता

तपाईँको मत