एन आई सी एशिया बैंकका ग्राहकलाई सोल्टी होटलमा १० प्रतिशत छुट
- गाउँ सहर संवाददाता
- २७ फाल्गुण शुक्रबार, २०७८ | १९:३५:०० मा प्रकाशित
काठमाडौँ । एन आई सी एशिया बैंकका ग्राहकहरूलाई पाँच तारे होटल द सोल्टी काठमाडौँ र नेपालगन्जस्थित सोल्टी वेस्टेन्ड प्रिमियरमा डेबिट कार्ड वा क्यूआरबाट भुक्तानी गर्दा कारोबार रकमको १० प्रतिशत छुट उपलब्ध हुने गरी यस बैंक र सोल्टी इन्टरप्राइजेज बीच समझदारी भएको छ ।
यस सम्बन्धी समझदारीपत्रमा बैंकका चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देल र कम्पनीका निर्देशक दिनेश बहादुर बिष्टले हस्ताक्षर गरे । पछिल्लोपटक डिजिटल कारोबारमा ग्राहकहरूको बाक्लो उपस्थितीलाई मध्यनजर गर्दै बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त उपरोक्त दुई होटलबाट विभिन्न सेवा लिई पिओएस तथा क्यूआर भुक्तानी गर्दा १० प्रतिशतको आकर्षक छुटको व्यवस्था गरेको हो ।
बैंकले आफ्ना मोबाइल बैंकिङ्ग तथा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्ताहरूलाई देशभरका २,३०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा खरिदको रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस