एमसीसीकाे बिराेध गर्न भीम रावललाई लाज छैन : प्रधानमन्त्री देउवा
- गाउँ सहर संवाददाता
- ३० फाल्गुण सोमबार, २०७८ | १४:१०:०० मा प्रकाशित
काठमाडाैं । एमसीसी परियोजनाको विरोध गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले नेता भीम रावलप्रति कडा टिप्पणी गरेका छन् ।
नुवाकोटको किस्पाङ गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न पुगेका प्रधानमन्त्री देउवाले रावलप्रति आक्रोश व्यक्त गर्दै तत्कालीन प्रधानमन्त्री केपी ओलीले ल्याएको प्रस्ताव पास गर्न खोज्दा रावलले किन टाउको दुखाउने ? भन्दै प्रश्न गरेका छन् ।
प्रशासकीय भवन उद्घाटनका क्रममा देउवाले भने, ‘आफैं रक्षामन्त्री भएको क्याबिनेटबाट पास गरेर एमसीसी पास गर्न संसदमा ल्याउने, अहिले किन टाउको दुख्यो ? अरूलाई टाउको दुखेको छैन, भीम रावललाई टाउको दुख्यो ? उसबेला दिमाग खुस्क्याथ्यो ? त्यो बेला किन बिरोध नगरेको ? राजीनामा गर्नुपर्दैन, लाज छैन?’
ओली सरकारमा रावल रक्षामन्त्री हुँदा त्यो मन्त्रिपरिषदले एमसिसी पारित गरी संसदमा प्रस्ताव ल्याएको देउवाको भनाइ थियो ।
रावलले अहिले विरोध गर्नुको तुक नभएको बताउँदै लाज मान्नुपर्ने देउवाको भनाइ थियो ।
प्रधानमन्त्री देउवाले ओली सरकारले संसदमा पेश गरेको एमसिसी प्रस्ताव आफूहरूले पारित गरेको बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस