आज शेयर बजारमा दाेहाेराे अंककाे गिरावट, काराेबार रकम पनि खुम्चियाे
- गाउँ सहर संवाददाता
- २ चैत बुधबार, २०७८ | १५:४१:०० मा प्रकाशित
काठमाडाैं । शेयर बजारमा साताको कारोबारकाे चाैथाेँ दिन बुधबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १९.६५ अंकले घटेर दुई हजार ६ सय ३१ दशमलब ३२ विन्दुमा रोकिएको नेप्सेले जनाएकाे छ । मंगलबार नेप्से नेप्से १७.१५ अंकले घटेर दुई हजार ६ सय ५० दशमलब ९७ विन्दुमा पुगेर कारबार बन्द भएको थियो ।
आज कारोबार रकममा पनि गिरावट आएको छ । आज २ अर्ब ५७ करोड ४ लाख बराबरको कारोबार भएको छ । मंगलबार ३ अर्ब ३६ करोड ४२ लाख बराबरको कारोबार भएको थियो ।
नेप्सेका अनुसार आज कारोबार भएका ४९ वटा कम्पनीका लागानीकर्ताहरुले कमाएका छन् भने १३५ कम्पनीका लगानीकर्ताहरुले भने गुमाएका छन् । यसमध्ये आज इमजिङ नेपाल लिमिटेडको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस कम्पनीको शेयरमूल्य आज ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ४७२.६० रुपैयाँ पुगेको छ ।
आज युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ४.९२ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीकोे भएको छ । यस कम्पनीको आज १६ करोड ३६ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस