शेयर बजारमा दाेहाेराे अंककाे वृद्धि, २ अर्ब ५१ करोडमाथिको कारोबार
- गाउँ सहर संवाददाता
- ८ चैत मंगलबार, २०७८ | १५:१५:०० मा प्रकाशित
काठमाडाैं । शेयर बजारमा साताको कारोबारको तेस्रो दिन मंगलबार दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से १६.०४ अंकले बढेर दुई हजार ६ सय ५० दशमलब ७० विन्दुमा थामिएकाे नेप्सेले जनाएकाे छ । हिजाे १७.९९ अंकले बढेर दुई हजार ६ सय ३४ दशमलब ५७ विन्दुमा पुगेर बन्द भएको थियो ।
आज कारोबार रकममा सामान्य गिरावट आएको छ । आज २ अर्ब ५२ करोड ८८ लाख बराबरको कारोबार भएको छ । सोमबार २ अर्ब ५९ करोड २७ लाख बराबरको कारोबार भएको थियाे ।
मंगलबार कारोबार भएका १०६ वटा कम्पनीका लागानीकर्ताहरुले कमाएका छन् भने ७७ कम्पनीका लगानीकर्ताहरुले भने गुमाएका छन् । यसमध्ये आज एक कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको । जुन इमर्जिङ नेपाल लिमिटेड रहेको छ । इमर्जिङ नेपालको शेयरमूल्य आज ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ६२८.८० रुपैयाँ पुगेको छ ।कारोबारको आधारमा आज सबैभन्दा बढी प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड प्रमोटरको भएको छ । यस कम्पनीको आज १५ करोड ३३ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस