रेल्वे अध्यादेश २०७८ जारी
- गाउँ सहर संवाददाता
- ९ चैत बुधबार, २०७८ | १०:५०:०० मा प्रकाशित
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा मङ्गलबार रेल्वे अध्यादेश, २०७८ जारी गरेकी छन् । नेपालमा रेल सञ्चालन र कर्मचारी नियुक्तिसम्बन्धी व्यवस्थासहितको अध्यादेश तेस्रो पटक जारी भएको हो । जनकपुर–जयनगर रेल सञ्चालनको टुङ्गो अझै नलागे पनि अध्यादेश जारी भएसँगै जनकपुर–जयनगर रेल सञ्चालनमा आउने कानुनी आधार तयार भएको हो ।
यसअघि सरकारले गत मङ्सिरमा पनि रेल्वे अध्यादेश जारी गरेको थियो तर सो अध्यादेश संसद्मै नपुगी निष्क्रिय भएको थियो । त्यसअघि सरकारले २०७८ वैशाखमा पनि रेल्वे अध्यादेश जारी गरेको थियो । त्यसबेला पनि संसद् अधिवेशन सुरु नभएको र जारी भएको ६० दिनभित्र संसद्मा पेस हुन नसकेका कारण अध्यादेश निष्क्रिय भएको थियो ।
जनकपुर–जयनगर अन्तरदेशीय रेल सञ्चालनका लागि आवश्यक न्यूनतम पूर्वाधार तयार भइसकेको बताउँदै रेल सञ्चालन उद्घाटनको मिति नेपाल र भारतबीचको सहमतिमा तय हुन सक्ने रेल विभागका महानिर्देशक दीपक भट्टराईले जनाएका छन् । उनका अनुसार रेल सञ्चालनका लागि अब कुनै समस्या छैन । अब मुख्य कुरा रेल सेवा शुभारम्भको मिति तय हुनुप-यो । यो दुई मुलुकबीचको उच्चस्तरीय कुरा हो ।” एक महिनादेखि जयनगरबाट कुर्थासम्म यात्रुबिना रेल ओहोरदोहोर गरिरहेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस