श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ
- गाउँ सहर संवाददाता
- ११ चैत शुक्रबार, २०७८ | १२:३५:०० मा प्रकाशित
काठमाडाैं । श्रीमतीको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । काठमाडौंको बुढानिलकण्ठमा श्रीमतीको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका हुन् । २४ वर्षीया लक्ष्मी तामाङ (थापा) को हत्या गरेको अभियोगमा बिहीबार राती बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेल डेरा गरी बस्ने उदयपुर कटारीका २१ वर्षीय भक्तबहादुर थापा पक्राउ गरेकाे प्रहरीले जानकारी दिएकाे छ ।
घरायसी विवादका कारण भक्तले धारिलो हतियार प्रहार गरी लक्ष्मीको हत्या गरेको प्रहरीले जनाएकाे छ । भक्तको प्रहारबाट गम्भीर घाइते भएकी लक्ष्मीलाई चुनिखेलस्थित करुणा अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याएलगत्तै उनको मृत्यु भएको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार आक्रमणलगत्तै फरार रहेका थापालाई महानगरीय प्रहरी वृत्त महाराजगंज र महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीको संयुक्त टोलीले हतियारसहित पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस