वरिष्ठ सई - वरिष्ठ हवल्दार र सहायक हवल्दारसहित ३११६ जनाको बढुवा सिफारिस (नामावलीसहित)
- गाउँ सहर संवाददाता
- ११ चैत शुक्रबार, २०७८ | १२:५४:०० मा प्रकाशित
काठमाडाैं । प्रहरी प्रधान कार्यालयले वरिष्ठ नायब निरीक्षक, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा बढुवा सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दसौँ संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ नायब निरीक्षक, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा बढुवा सिफारिस गरेको हाे ।
प्रहरी प्रधान कार्यालयले हाल नायब निरीक्षक रहेका १९१ जनालाई वरिष्ठ नायब निरीक्षक, हवल्दार रहेका ११७३ जनालाई वरिष्ठ हवल्दार र प्रहरी जवान रहेका १७५२ जनालाई सहायक हवल्दारमा बढुवा सिफारिस गरेको जनाएकाे छ।
प्रहरी प्रधान कार्यालय बढुवा समितिका अनुसार वरिष्ठ नायब निरीक्षकमा बढुवा गर्नुपर्ने ११७१ मध्ये १९१ जनाको बढुवा सिफारिस भएको हो । यस्तै बढुवा हुने ३३८३ मध्ये हाल ११७३ वरिष्ठ हवल्दार र बढुवा हुने १४५६७ सिपाहीमध्ये १७५२ को बढुवा भएको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस