गाउँ सहर
ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- ११ चैत शुक्रबार, २०७८ | १३:२६:०० मा प्रकाशित
काठमाडाैं । ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रोल्पाको सुनिलस्मृति गाउँपालिका–३ लोबाङमा बिहीबार राति ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हाे ।
दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन् । मृत्यु हुनेमा ट्रयाक्टरका परिचालक सुनिलस्मृति गाउँपालिका–५ काप्राका २० वर्षीय खुमे थापा रहेका छन् ।
थापाको उपचारको क्रममा बुटवल स्थित लुम्बिनी सिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ । दुर्घटनामा गम्भीर घाइते भएका चालक सुनिलस्मृति गाउँपालिका–३ मिझिङका २४ वर्षीय यमराज विष्टको स्थानिय प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचार भईरहेको छ ।
गएराति साढे २ बजे विष्टले चलाएको लु ३ त ९९६० नम्बरको ट्रयाक्टर सडकबाट अन्दाजी ६० मिटर तल खसेको प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस