राजनीति

बेथानमा यसपाली कांग्रेसकाे चारतारे झण्डा फरफराउँछ, माओवादी लालकिल्ला ताेडिन्छ : आँधी

रामेछाप । नेपाली कांग्रेस रामेछाप प्रदेश सभा 'ख' का प्रदेश सभा तथा कार्यसमिति सदस्य आँधी लामाले अब सुनापति गाउँपालिका- ४, बेथान सहित जिल्लाका अधिकांश स्थानीय तहमा नेपाली कांग्रेसले जित्ने बताएका छन् । 

शनिवार “घर-घर जाऔं, काँग्रेस जिताऔं” अभियान अन्तर्गत बेथानमा आयाेजित वडास्तरीय कार्यक्रममा बाेल्दै लामाले अब माओवादीकाे लालकिल्ला भनेर चिनिने बेथान मात्रै हाेइन सुनापति पालिका नै नेपाली कांग्रेसले एकलाैटी जित्ने दाबी गरे ।

लामाले भने-'कुनै बेला बेथानलाई माओवादीहरूले लालकिल्ला मान्थे त्याे लालकिल्ला पाँच वर्षअघि नै भत्किसकेकाे हाे अब यसपाली पाँचै वडादेखि पालिकासम्म कांग्रेसकाे विजयी चारतारे झण्डा फरफराउनेछ । त्यसमा कसैले शंका नगरे हुन्छ ।' 

माओवादीकाे ज्यादति खेप्नु खेपिसकेकाे बताउँदै अब जनता जागिसकेकाेले कम्युनिष्टकाे तानाशही र अधिनायकवादी घेरा ताेडेर चारतारे झण्डा गाढेर स्वतन्त्रता र न्यायकाे लडाइँकाे लागि कुनै पनि मूल्य चुकाउन पछि नपर्ने बताए । 

मतदाता तथा कार्यकर्ता कांग्रेसलाई भाेट हाल्न आँतुर रहेको बताए । 

रामेछाप प्रदेश सभा 'ख' कार्यसमितिले “घर-घर जाऔं, काँग्रेस जिताऔं” अभियानका लागि बेथानमा प्रतिनिधिकाे रूपमा खटाएका लामाले जस्ताेसुकै विपदकाे बेलामा पनि नेपाली कांग्रेस जनताकाे साथमा रहेकाे बताए । 

लामाले निर्वाचनमा कार्यकर्ता खर्चिलाे र लाेभी हुन नहुने भन्दै प्रलाेभनमा नफसि इमानदारसाथ कांग्रेसकाे रूख चिन्हमा भाेट हालेर पाँच वर्ष कामकाे मूल्याँकन गरेर पर्खन आग्रह गरे । 

भिडिओमा हेर्नुहाेस् 

गाउँ सहर संवाददाता

तपाईँको मत