गाउँ सहर

गाैशालामा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडाैं । कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । काठमाण्डौको गौशालामा आज बिहान कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हाे । मृत्यु हुनेमा अन्दाजी ३५ बर्षीय पुरुष रहेका छन् । उनको पहिचान खुल्न सकेको छैन ।

चावहिलबाट सिनामंगल तर्फ जाँदै गरेको बा २० च ७१२९ नम्बरको कारले आज बिहान साढे ५ बजे पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

कारको ठक्करबाट गम्भीर घाइते भएका पुरुषको सिनामंगल स्थित काठमाण्डौ मेडिकल कलेजमा उपचारको क्रममा बिहान पौने ८ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ । 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे बताएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत