मोटरसाइकल दुर्घटनामा प्रहरी जवानकाे मृत्यु
- गाउँ सहर संवाददाता
- १३ चैत आइतबार, २०७८ | १३:५६:०० मा प्रकाशित
काठमाडाैं । मोटरसाइकल अनियन्त्रित भएर पल्टँदा एक प्रहरी कर्मचारीको मृत्यु भएको छ । ललितपुरको सानेपामा मोटरसाइकल अनियन्त्रित भएर पल्टँदा एक प्रहरी कर्मचारीको मृत्यु भएको हाे । एकजना गम्भीर घाइते छन् ।
मृत्यु हुनेमा धादिङ घर भई हाल महानगरीय प्रहरी वृत्त चापागाउँमा कार्यरत प्रहरीजवान नवीन न्यौपाने रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा सानेपास्थित स्टार अस्पतालमा गए राति सवा २ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।
प्रहरीका अनुसार घाइते तनँहुको आँबुखैरेनी घर भई हाल महानगरीय प्रहरी वृत्त सातदोबाटोमा कार्यरत प्रहरीजवान सुमनकुमार सिंहको सोही अस्पतालमा उपचार भइरहेको छ ।
न्यौपाने र सिंह सवार बा८३प ८९८५ नम्बरको मोटरसाइकल गए राति करिब सवा १ बजे नियन्त्रण गुमाएर पल्टिएको प्रहरीले जनाएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस