कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
- गाउँ सहर संवाददाता
- १५ चैत मंगलबार, २०७८ | १२:११:०० मा प्रकाशित
काठमाडाैं । कोरियाली भाषा परीक्षामा सामेल हुनेका लागि सोमबारदेखि आवेदन खुला भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत सन् २०२२ र २०२३ मा दक्षिण कोरिया रोजगारी गर्न जान चाहनेका लागि यो भाषा परीक्षाको आवेदन खुलाइएको हो । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाका अनुसार पहिलो दिन सोमबार आठ हजार ३९४ जना आवेदन दिएका छन्, जसमा उत्पादनतर्फ छ हजार ४०८ जना र कृषितर्फ एक हजार ९८६ रहेका छन् । यो सङ्ख्या बिहान १० बजेदेखि अपराह्न ५ः१५ सम्मको हो । सोमबार बिहान १० बजेदेखि चैत २१ गते अपराह्न ५ बजेसम्म कुनै बेला अनलाइन आवेदन दिन सकिने व्यवस्था छ ।
कृषि तथा पशुपालन र उत्पादन क्षेत्रका लागि छुट्टाछुट्टै परीक्षा हुनेगरी तालिका सार्वजनिक भएको छ । कृषि तथा पशुपालन क्षेत्रका लागि आउँदो वैशाख २६ देखि जेठ १३ गतेसम्म पहिलो चरणको र जेठ २४ देखि असार १६ गतेसम्म दोस्रो चरणको भाषा परीक्षा हुनेछ ।
यस्तै उत्पादन क्षेत्रका लागि पहिलो चरणमा असार २० देखि भदौ १० गतेसम्म र दोस्रो चरणमा भदौ १६ देखि असोज २० गतेसम्म भाषा परीक्षा हुने ईपीएस शाखाले जनाएको छ । यस्तै सीप परीक्षणका लागि कृषि तथा पशुपालन क्षेत्रका लागि पहिलो चरणमा वैशाख २६ देखि जेठ १३ गतेसम्म र दोस्रो चरणमा जेठ २४ गतेदेखि असार १६ सम्मको समय तोकिएको छ । उत्पादन क्षेत्रको सीप परीक्षण पहिलो चरणमा असार २० देखि भदौ १० गतेसम्म र दोस्रो चरणमा भदौ १६ देखि असोज २० गतेसम्म हुनेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस