गाउँ सहर

आयल निगमको सरकारलाई प्रस्ताव : सरकारी र निजी सवारी साधनमा जोर विजोर लागू गरौं, आइतबार पनि सार्वजनिक बिदा दिऔं

काठमाडाैं । नेपाल आयल निगमले देशको आयात घटाउनका लागि सवारीमा जोर–विजोर प्रणाली लागू गर्नेदेखि आइतबार सार्वजनिक बिदा दिनेसम्मको प्रस्ताव गरेको छ । 

इन्धन मूल्यवृद्धिको मारबाट निगमलाई जोगाउन यस्तो उपायमा विचार गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन् । 

हाल देशको आर्थिक अवस्था खस्केको र तेल आयातले ठूलो मात्रामा पैसा विदेश पठाउन परेको कुरालाई ध्यानमा राख्दै यस्तो नियम लागू गर्न सकिने विषयमा आफूहरुले सिफारिस गरेको उनले बताएका छन् ।

निगमले सरकारलाई पत्र लेख्दै सार्वजनिक तथा सरकारी सवारी साधनको प्रयोग घटाएर इन्धनको खपत कम गर्ने गरी थप एक दिन बिदा दिन प्रस्ताव समेत गरेको छ । शनिबारसँगै आइतबार पनि  बिदा दिन प्रस्ताव गरेको गरिएको उपाध्यायले बताए ।

अत्यावश्यक क्षेत्रबाहेक सरकारी र निजी सवारी साधनमा जोर विजोर लागू गर्न पनि सिफारिस गरेको उनले जनाए ।

गाउँ सहर संवाददाता

तपाईँको मत